अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजनाका प्रमुख इश्वरी प्रसाद जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोजना प्रमुख जैसवालले निर्माणाधिन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेको अख्तियारको ठहर छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले जैसवाललाई सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आयोगले १० लाख रुपैयाँ विगो कायम गरी शुक्रबार विशेष अदालतमा मुृद्दा दायर गरेको हो।
प्रतिक्रिया