ad ad

राजनीति


ताइवानको संसदमा मुक्का हानाहान, प्रधानमन्त्रीमाथि सुँगुरको मासु प्रहार

ताइवानको संसदमा मुक्का हानाहान, प्रधानमन्त्रीमाथि सुँगुरको मासु प्रहार

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ९:४१,

ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच झडप भएको छ। आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुंगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्।

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि यस्तो घटना भएको हो।

राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि ¥याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन्। बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरको ¥याक्टोपामिन खुवाउने गरिन्छ। मानिसलाई हानिकारक हुने भन्दै यो युरोप र चीनमा प्रतिबन्धित छ। अमेरिकाले निकै पहिलेदेखि यस्तो मासु ताइवान निर्यात गर्न चाहेको थियो।

तर, राष्ट्रपतिको साइको यो कदमको विपक्षी पार्टी कोमिन्ताङले चर्काे विरोध गर्दै आएको छ।

सेप्टेम्बरमा संसदको अधिवेशन सुरु भएसँगै कोमिन्ताङले सरकारी निर्णयको विरोध गरेको थियो।

download_1.jpg

सो पार्टीका सांसदले प्रधानमन्त्री सु सेङ चाङलाई बोल्न अवरोध गरिरहेका थिए। शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे।

अन्तमा प्रधानमन्त्रीले बोल्ने प्रयास त्यागिदिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .