समाज


तिहारमा जुवाखालबाट मात्रै एक करोड बरामद, ४२४ जनालाई मुद्दा

तिहारमा जुवाखालबाट मात्रै एक करोड बरामद, ४२४ जनालाई मुद्दा

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १५:०,

तिहारमा हुने जुवातासविरुद्ध देशभर निगरानी बढाएको प्रहरीले करिव एक करोड रुपैयाँ बरामद गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार ९८ लाख ५८ हजार १६३ रुपैयाँ र ७ लाख ९४ हजार ८७० रुपैयाँको चेक बरामद भएको छ।

प्रहरीले उपत्यकासहित ७ वटै प्रदेशबाट जुवातासविरुद्ध अप्रेसन चलाएको थियो। उपत्यकाबाट मात्रै तिहारको एक सातामा ७३ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट १५ लाख ४० हजार ९१० रुपैयाँ र ७ लाख ९४ हजार ७० रुपैयाँको चेक बरामद भएको छ।

यसबाहेक बागमति प्रदेशबाट ५९ जना पक्राउ परेका छन्। पक्राउ परेका ५९ जनाको साथबाट ३ लाख ७१ हजार ३० रुपैयाँ बरामद भएको प्रवक्ता कडायतले बताए। बागमतीमा ३ र उपत्यकामा ६ वटा मुद्दा दर्ता भएका छन्। 

कात्तिक २७ गतेदेखि मंसिर ३ गते बिहानसम्ममा ४१ वटा मुद्दा जुवाताससम्बन्धी दर्ता भएका छन्। प्रदेश १ का ६ ठाउँमा ५३ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ९ लाख ३३ हजार ७०७ रुपैयाँ, प्रदेश २ का २ स्थानबाट २२ जना पक्राउ परेकोमा उनीहरुको साथबाट २ लाख ५७ हजार ६३० रुपैयाँ बरामद भएको छ।

जुवातासका अखडामा प्रहरीको छापा, सोमबारयता मात्रै १४३ जना पक्राउ

गण्डकी प्रदेशका १३ ठाउँबाट प्रहरीले जुवाडे पक्राउ गरेको छ। १५ लाख ९० हजार ४६८ रुपैयाँसहित ११८ जना पक्राउ परेका छन्। लुम्बिनी प्रदेशबाट ७ लाख ७० हजार रुपैयाँसहित २२ जना पक्राउ परेका छन्।

कर्णालीका ४ ठाउँबाट ४३ जना पक्राउ परेकोमा उनीहरुको साथबाट ३ लाख ४४ हजार ९ रुपैयाँ बरामद भएको छ। सूदुरपश्चिम प्रदेशबाट ३४ जना पक्राउ परेका छन् भने ५ लाख ४८ हजार ८१५ रुपैयाँ बरामद भएको छ।

बरामद भएको रकम राजश्व विभागमा बुझाउने र पक्राउ परेका विरुद्ध जुवा ऐन सम्बन्धी कारबाही अगाडि बढाइने पनि प्रवक्ता कडायतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad