नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ।
महासंघको ५४ औँ सधारण सभाले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व प्रदान गर्नेछ। नयाँ नेतृत्वमा अध्यक्ष शेखर गोल्छा बन्दै छन् भने वरिष्ठ उपाध्यको लागि किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिष्पर्धा हुने भएको छ।
प्रधान पक्षबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेल श्रेष्ठले उम्मेदवारी दिएका छन्।
यो प्यानलमा जिल्ला नगर केन्द्रीय सदस्यमा अरुण सुमार्र्गी, अशोक अमात्य तारनाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ, मंगलसिंह ठगुन्ना रहेका छन्।
वस्तुगत केन्द्रीय सदस्यहरुमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लव मान सिंह, विष्णु गैरे, दिपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, रामबहादूर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दिप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सुनिल गोपाल श्रेष्ठ रहेका छन्।
एसोसिएट तर्फको केन्द्रीय सदस्यहरुमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्णप्रसाद दुलाल, राजेश अग्रवाल, शाहिल अग्रवाल, आनन्द वगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टेमानी, सुनिल नारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रवलजंग पाण्डे, सन्दिप गाडिया, हेमन्त गोल्छा, शक्ति वेगानी, उदित श्रेष्ठ रहेका छन्।
त्यस्तै ढकाल पक्षबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्लानगरको उपाध्यक्षमा गुणनिधी तिवारी रहेका छन्।
यो प्यानलको केन्द्रीय सदस्यहरुमा उम्मेदवारी दर्ता गराइसकेका छन्। जसमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल प्यानलबाट अकोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यले उम्मेदवारी दिएका छन्।
एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन्।
महासंघले आज मतदाताको नामावली समेत सार्वजनिक गरिसकेको छ। महासंघको निवर्जाचन समितिले मतदान गर्न पाउने सदस्यहरुको नामावली प्रकाशन गरेको हो।
समितिले आज सार्वजनिक गरेको मददाता सूची अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७ मतदाता, वस्तुगत समुहतर्फ १०१ मतदाता, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ मतदाता, एशोसिएट समूहतर्फ ९२३ मतदाता र संस्थापक सदस्यहरुतर्फको १२ मतदात रहेका छन्।
बुधबार २ बजेसम्म मतदान गर्न पाउने सदस्यहरुको नामावली उपर दावी विरोधको लागि समय निर्धारण गरिएको छ भने बेलुका ६ बजे मतदान गर्न पाउने सदस्य विरुद्ध परेको दाबि विरोध उपर छानबिन गरी संशोधित दोस्रो नामावली प्रकाशन गर्ने कार्य तालिका रहेको समेत जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया