सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले लगाएका ‘मिथ्या आरोप’ को छिनोफानो नगरी एकता प्रकृया अगाडि बढ्न नसक्ने बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेता पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीलाई उदृत गर्दै पोखरेलले लेखेका छन्, ‘यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ ।’
बुधबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावको जवाफमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने ओलीले बताएका थिए।
नेकपाको आगामी सचिवालय बैठक मंसिर १३ गते बस्दैछ।
नेकपाको सचिवालयको बैठकको सार कुरा ——————————————— आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच...
Posted by Ishwar Pokhrel on Wednesday, November 18, 2020
Shares

प्रतिक्रिया