समाज


खोलामा डुबेकी युवतीलाई बचाउँदा चीनमा नायक कहलिए बेलायती कूटनीतिज्ञ, यस्तो छ भिडियो..

खोलामा डुबेकी युवतीलाई बचाउँदा चीनमा नायक कहलिए बेलायती कूटनीतिज्ञ, यस्तो छ भिडियो..

नेपालखबर
मंसिर २, २०७७ मंगलबार ७:४४,

६१ वर्षका स्टेफन इलिसन चोङछिङस्थित बेलायती महावाणिज्य दूतावासको महावाणिज्य दूत हुन्। उनैले खोलमा हाम फालेर २४ वर्षकी चिनियाँ युवतीको ज्यान जोगाएका हुन्।

एक पर्यटकीयस्थलको खोलमा चिप्लिएर लड्दा ती युवती अचेत बनेकी थिइन्।

भिडियोमा देखिएअनुसार स्टेफन खोलामा गएर ती युवतीलाई जोगाउन सफल हुन्छन्।

यससँगै हाल चिनियाँ संचारमाध्यममा स्टेफनले युवती बचाएको भिडियो भाइरल बनेको छ।

British diplomat leaps into river to save drowning woman in China | China |  The Guardian

उनलाई मानिसहरुले वास्तविक जीवनको नायक भन्दै उनको प्रशंसा गरिरहेका छन्।

चीनस्थित बेलायतको दूतावासले स्टेफन इलिसनले देखाएको बहादुरीले बेलायतीहरुले गर्वको महसुस गरेको बताएको छ।

स्टेफन ट्राइथलन खेलको पूर्व खेलाडी पनि भएको बताइएको छ। ट्राइथलनमा दौड, साइकलिङ र पौडी खेल समावेश हुन्छन्।

पौडीबाज भएका कारण पनि स्टेफनले खोलामा डुबेकी युवती बचाउन सफल भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad