अमेरिकामा जनवरी २० पछि डेमोक्रेटिक नेता जो बाइडेन नयाँ राष्ट्रपति बन्नेछन्।
राष्ट्रपतिको कार्यकाल सकिन लाग्दा ट्रम्पले महत्वपूर्ण निर्णयहरु गरिरहेका छन्।
ट्रम्पले केहीहप्तामै अफगानिस्तान र इराकबाट अमेरिकी सेनाहरु फर्काउने योजना बनाएको सीएनएनले जनाएको छ।
हाल अफगानिस्तानमा अमेरिकाका ४५ सय सेना तैनाथ छन् भने इराकमा ३ हजार सेना तैनाथ छन्।
अमेरिकी रक्षा मन्त्रालयले सो क्षेत्रबाट सेनाहरु घटाएर समान २५ सयको संख्यामा मात्र आफ्ना सेना तैनाथ गर्न आदेश दिइसकेको बताइएको छ।
क्रिसमस अगाडि नै सेनाहरुलाई घर फर्काउने अभियानमा आफू लागेको ट्रम्पले पनि हालै बताएका थिए।

प्रतिक्रिया