समाज


बाढी प्रक्षेपण: ३९ जिल्लामा मध्यम र पाँचवटामा उच्च जोखिम

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा खतरा
बाढी प्रक्षेपण: ३९ जिल्लामा मध्यम र पाँचवटामा उच्च जोखिम

मंगलबार बिहान चितवनको नारायणगढस्थित नारायणी नदीमा बढेको जलसतह। तस्बिर: सनद अधिकारी/रासस


नेपालखबर
असार ३०, २०८३ मंगलबार १२:५५, काठमाडौँ

आज (मंगलबार) राजधानी काठमाडौँसहित देशका ४४ जिल्ला र आसपास बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको सूचनाअनुसार आज काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ३९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ भने चितवनलगायत ५ जिल्लामा उच्च जोखिम हुने सम्भावना छ। 

बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लम्जुङ, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम साथै चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।’

बाढीबारे विस्तृत जानकारीका लागि हेर्नुहोस् तलको सूचना

 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad