समाज


भारतमा कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार

भारतमा कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १:३३,

भारतले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारेको छ।

भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले बेलायती खाेप उत्पादन गरेकाे हाे।

उसले बिहीबार दिएको जानकारीअनुसार खोपको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण गर्न १ हजार ६ सय जनाको नामसमेत दर्ता भइसकेको छ।

बेलायतले बनाएको ‘कोभिसिल्ड’ खोपको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को निगरानीमा भारतमा परीक्षण भइरहेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad