जनकपुरबाट पैदलै काठमाडौँ आउँदै गरेका मिटरब्याजपीडितलाई बिच बाटोमै रोकेर गृहमन्त्री सुधन गुरुङको वार्ता सुरु गरेका छन्।
गृहमन्त्री गुरुङले मंगलबार बिहान उनीहरूलाई बाराको निजगढमै रोकेर पीडितका कुरा सुनेका हुन्।
पटकपटक आन्दोलन गर्दै आएका मिटब्याज पीडितले यही असार २५ गतेदेखि जनकपुरबाट काठमाडौँको पैदल यात्रा सुरु गरेका थिए।
उनीहरू विगतका सरकारसँग भएका सहमति कार्यान्वयनको माग तथा प्रधानमन्त्री वालेन्द्र शाहले जनकपुरमा गरेको प्रतिबद्धता स्मरण गराउन काठमाडौँ आउन लागेका हुन्।
अहिले गृहमन्त्री गुरुङ र पीडितपक्षबीच छलफल भइरहेको संघर्ष समितिले जनाएको छ।
वार्ताको क्रममा संघर्ष समितिले आफ्नो मागपत्र पनि गृहमन्त्री गुरुङलाई बुझाएका छन्।
संघर्ष समितिका अगुवा मनोज पासवानले गृहमन्त्रीसँगको प्रथम चरणको संवाद सकिएको भन्दै अब दोस्रो चरणको वार्ता एक घण्टापछि सुरु हुने बताएका छन्।

Shares

प्रतिक्रिया