अमेरिकामा मंगलबार मात्रै १ लाख ३४ हजार कोरोना संक्रमितकाे पहिचान भएकाे छ।
योसँगै सो मुलुकमा लगातार सात दिनसम्म दैनिक एक लाखभन्दा बढि कोरोना संक्रमित पहिचान भएका छन्।
एक सातायता संक्रमित हुनेको संख्या औसत दैनिक १ लाख २० हजार रहेको छ।
कोरोनाबाट मृत्य हुनेको संख्या पनि अगस्त महिनायताकै सबैभन्दा उच्च भएको छ।
दैनिक मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ४ सय ५० पुगेको छ। दैनिक मृत्यु हुने संक्रमितको संख्या १ हजार ४ सय पार गरेको मध्य–अगस्तपछि यो पहिलोपटक हो।
त्यसैगरी, कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुनेको संख्या पनि तीब्ररुपमा बृद्धि भइरहेको छ।
मंगलबार मात्र अस्पताल भर्ना हुने संक्रमितको संख्या ६१ हजार ४ सय ७१ पुगेको छ, जुन यो महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो। –रोयटर्स

प्रतिक्रिया