राजनीति


बाबुरामलाई कमल थापाको जवाफ : बालहठ नदेखाएकै बेस

बाबुरामलाई कमल थापाको जवाफ : बालहठ नदेखाएकै बेस

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ७:२९,

राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनि व्यक्त गरेको विचारमाथि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोयबल्स शैली भएको बताएका छन्।

डा. भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डको समेत नाम लिँदै आफूहरु क्रान्तिका अगुवा भएको र आफूहरु जीउँदो छँदै यस्तो झुट बोल्नु उपयुक्त नभएको बताएका छन्।

‘मेरा सहपाठी मित्र कमल थापाले गोबल्सको दुष्प्रचार–सूत्र ‘झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र?’ अध्यक्ष थापालाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराइले लेखेका छन्।

No description available.

 यसो जवाफमा राप्रपा अध्यक्ष थापाले प्रचण्ड–बाबुरामले क्रान्तिकाे भारी बोके पनि उनीहरु मालिक नभएको बताएका छन्। उनले सुरुमा प्रचण्ड–बाबुरामको कुरा सबैले पत्याए पनि पछि सक्कली मालिकले दावा गरेको भन्दै बालहठ नदेखाउन भट्टराईलाई आग्रह गरेका छन्।

‘क्रान्तिको’भारी’ नेपालमा तपाईंहरूले बोकेर ल्याएको हो। त्यसमा कुनै विरोध छैन। तर,त्यो भारीको मालिक तपाईंहरू होइन, सुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए। तर, जब सक्कली मालिकले भारीको दावी गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्। 

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad