ad ad

समाज


पूर्वश्रीमतीको खुकुरी प्रहार गरी हत्या

पूर्वश्रीमतीको खुकुरी प्रहार गरी हत्या

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १६:५,

सोलुखुम्बुमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ। बुधबार साँझ सोताङ गाउँपालिका ३ कुङ्लुकी २८ वर्षीया सोमा लामाको हत्या भएको हो।

सोमाको हत्या उनका पूर्व श्रीमान होमबहादुर राईले गरेका सोताङका प्रहरी निरीक्षक अनिल आङ्वोहाङले जानकारी दिए।

काभ्रेको भकुण्डेबेसी माइती भएकी सोमाले केही महिना पहिले मात्रै होमबहादुरलाई छाडेर नन्दराज राईसँग बिवाह गरेकी थिइन्। नन्दराज होमबहादुरका काकाको छोरा हुन्।

बुधबार दुवैले रक्सी खाएको अवस्थामा भेट भएको र सोही क्रममा झगडा हुँदा होमबहादुरले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट सोमाको टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ।

होम बहादुरलाई इलाका प्रहरी कार्यालय सोताङले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .