ad ad

समाज


कोरोना संक्रमण देखिएका पूर्वमन्त्री मन्सुरलाई काठमाडौं ल्याइयो

कोरोना संक्रमण देखिएका पूर्वमन्त्री मन्सुरलाई काठमाडौं ल्याइयो

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १६:१३,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

उनलाई मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो।

हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएका पूर्वमन्त्री मन्सुरलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी प्रेस सहयोगी मेघा शाहीले जानकारी दिइन्।

चारदिनदेखि ज्वरो र खोकी लागेका मन्सुर सोमबार पर्साको बीरगन्जस्थित एडभान्स अस्पतालमा भर्ना भएका थिए।

नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि अस्पतालले बुधबार काठमाडौं रेफर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .