सिरहाको लहान नगरपालिका–३ स्थित एक कवाडी गोदाममा आज आगलागी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको छ।
लहान–३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्त रुपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।
आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन। रासस
प्रतिक्रिया