समाज


काठमाडौंका महाराजगञ्ज, गौशाला, स्वयम्भू र कोटेश्वरमा सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौंका महाराजगञ्ज, गौशाला, स्वयम्भू र कोटेश्वरमा सबैभन्दा बढी कोरोना संक्रमित

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ७:३९,

काठमाडौं महानगरपालिकाका महाराजगञ्ज, गौशाला, स्वयम्भू र कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।

महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखामा उपलब्ध शुक्रबारसम्मको तथ्यांकअनुसार महानगरमा ८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छ।

२४ हजार ५ सय ८१ संक्रमित भेटिएको महानगरमा १६ हजार ७४ जना निको भएका छन। त्यसमध्ये १ सय ५० जनाको संक्रमणबाट निधन भएको छ।

काठमाडौं महानगरको वडा नम्बर ९ स्थित गौशाला क्षेत्रमा सबैभन्दा बढी ७ सय ९६ जना सक्रिय संक्रमित छन्। यस्तै वडा नम्बर ३ स्थित महाराजगञ्जमा ६ सय ८९, वडा नम्बर १५ स्थित स्वयम्भू क्षेत्रमा ७ सय २०, वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्रमा ५ सय २३ जना सक्रिय संक्रमित छन्।

यस्तै कलंकी, बल्खु अवस्थित वडा नम्बर १४ मा ४ सय २०, वडानम्बर १० बानेश्वरमा ६ सय २०, वडानम्बर ७ मित्रपार्कमा ६ सय २४, वडा नम्बर ४ धुम्वाराहीमा ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

यस्तो छ तथ्यांक

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad