सीजीले नयाँ सिरिजको वासिङ मेसिन बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ वासिङ मेसिन आकर्षक तथा उच्च गुणस्तरको छ।
मेसिनमा स्पा केयर, बीएलडीसी मोटर, वाटर क्युब ड्रम, स्वाइल लेबल र उल मार्कलगायतका विशेषताहरु छन्। स्पा केयरको सहायताले ७० डिग्री सम्म तापक्रममा बाफ उत्पन्न गरी कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशत सम्म स्टरलाइज गर्ने कम्पनीको दाबी छ।
बीएलडीसी मोटरको प्रयोगका कारण यसले ७० प्रतिशतसम्म ऊर्जा बचत समेत गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ। यो वासिङ मेसिनमा २ हजार १ सय ९६ वटा प्वालहरु रहेका छन्। प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साइजमा छन्। यो ड्रमको सहायताले कपडामा रहेका कडा दागहरुलाई सजिलै हटाउने कम्पनीको दाबी छ।
वासिङ मिसिनमा स्वाइल वास प्रोग्राम समेत छ, यसले कपडाको मैलो नापेर सफा गर्छ। यसका लागि तीनवटा लेबल छन्, जुन आवश्यकताअनुसार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
८ र ९ केजीमा उपलब्ध यो वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको छ। कम्पनीले जाडो महिनालाई मध्यनजर गरी मेसिनमा उल प्रोग्राम पनि राखिएको जनाएको छ। सोही कारण जाडोमा लगाउने कपडा पनि सजिलै धुन सकिन्छ।
Shares

प्रतिक्रिया