राजनीति


पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्दा पार्टी विभाजनको खतरा निम्तियोः उपप्रधानमन्त्री पोखरेल

पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्दा पार्टी विभाजनको खतरा निम्तियोः उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ७:४९,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताभन्दा पहिलेको आवद्धताका आधारमा समीकरण बनाएका कारण नेकपामा विभाजनको खतरा बढेको बताएका छन्।

‘एकताकावेला गरिएको सहमतिविपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’ 

याे पनि: 
नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भयो: महासचिव विष्णु पौडेल

नेकपामा केहि दिनयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि विवाद चर्केको छ।

आन्तरिक विवाद चुलिँदा दुवै पक्षले पार्टी विभाजन गर्ने गतिबिधि गरेको भनी एक अर्कालाई आरोप प्रत्यारोप सुरु गरेका बेला पोखरेलले पनि यो भनाइ सार्वजनिक गरेका हुन्। 

याे पनि: 
‘आफू संकटमा परेपछि पार्टी विभाजनको हल्ला चलाइयो’

बहुमत सचिवालय सदस्यलाई प्रचण्डको ब्रिफिङ: प्रधानमन्त्री पार्टी फुटाउने तयारीमा हुनुहुन्छ, के गर्ने?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad