ad ad

समाज


समयमै सडक कालोपत्रे नगरेको भन्दै स्थानीयले गरे यातायात अवरुद्ध

समयमै सडक कालोपत्रे नगरेको भन्दै स्थानीयले गरे यातायात अवरुद्ध

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ११:५,

समयमा सडक कालोपत्रे नगरेको भन्दै ललितपुर महानगरपालिका वडा नम्बर २६ र २७ का स्थानीयले सुनाकोठी ढोलाहिटी सडकखण्ड अबरुद्ध गरेका छन्। उनीहरुले विहान १० बजेदेखि सडकमा मुडा तेर्स्याएर सो सडक खण्डमा यातायात गुड्न पूर्णरुपमा रोक लगाएका हुन्।

आजदेखि अनिश्चित समयका लागि सो सडक खण्डमा यातायात गुडाउन रोक लगाएको नेवाज क्लवका सदस्य योगेश्वर डंगोलले बताए। पाँच वर्षमा सडक कालोपत्रे गर्नुपर्ने भएपनि निर्माणको जिम्मा लिएको कम्पनीले कालोपत्रे नगरेपछि स्थानीयहरु आन्दोलनमा उत्रिनु परेको डंगोलले बताए।

‘सडक विग्रेको छ। दैनिक पानी हाल्ने र दसैँ अगाडि कालोपत्रे गर्ने तीन महिना अघिको सम्झौता पनि कार्यान्वयन भएन’ डंगोलले नेपालखबरसँग भने, ‘सडक अलपत्र भएकाले दैनिक दुर्घटना बढ्यो, सडक धुलाम्मे भएकाले सडक किनारका घरमा समस्या भएपछि आन्दोलनमा उत्रिएका हौं।’

bato-band2.jpg

अर्का स्थानीय निकेन महर्जनले पनि सडक पीच गर्ने काम सुरु नभएसम्म सो क्षेत्रमा गाडी चलाउन नदिने बताए। विहान १० बजेदेखि ५ बजेसम्म हामी गाडी चलाउन दिँदैनौं, सुनाकोठीका २६ र २७ वडा मिलेर बाटो अबरुद्ध गरेका हौं, महर्जनले भने।

स्थानीयले सडक हिलो भएको भन्दै साउनमा पनि ३ दिन सो सडक खण्ड बन्द गराएका थिए। त्यसबेला तीन महिनाभित्र सो सडक पीच गर्ने सहमतिपछि खुलेको थियो। तर, तीन महिनाको अवधिमा सडकमा ग्रावेल पनि नराखेपछि स्थानीय फेरि आन्दोलित भएका हुन्।

सो सडक खण्डको निर्माणको जिम्मा शारदाप्रसाद अधिकारीको सैलुङ कन्ट्रक्सनले पाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .