ad ad

समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले बनायो समिति

कोरोनाबाट मृत्यु हुनेको संख्या पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले बनायो समिति

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १०:५४,

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको संख्या फरक परेको भन्दै सत्यतथ्य पत्ता लगाउन स्वास्थ्य मनत्रालयले तीन सदस्यीय समिति गठन गरेको छ।

आइतबार मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले प्रेस ब्रिफिङमा संख्या फरक पर्न गएकोबारे सत्यतथ्य पत्ता लगाउन तीन सदस्य समिति बनाएको र समितिले काम थालिसकेको जानकारी दिए।
उक्त समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा सीसीएमसीका एक चिकित्सक सदस्य रहेको प्रवक्ता गौतमले जानकारी दिए।

मन्त्रालयले २०७७ कार्तिक २ गते उक्त समिति गठन गरेको प्रवक्ता गौतमले बताए।

‘समितिले काम गरिरहेको छ, सत्यतथ्य पत्ता लगाइ हामी सार्वजनिक गर्छौँ’, प्रवक्ता गौतमले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .