समाज


सीमावर्ती क्षेत्रबाट सशस्त्रले नियन्त्रणमा लियो पौने सात लाखका कपडा

सीमावर्ती क्षेत्रबाट सशस्त्रले नियन्त्रणमा लियो पौने सात लाखका कपडा

नेपालखबर
असार २७, २०८३ शनिबार १५:९, विराटनगर

सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट ६ लाख ८० हजार रुपैयाँभन्दा बढी मूल्यको सरसामान नियन्त्रणमा लिएको छ। 

​सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेड क्वाटर कंकालिनी मोरङ मातहतका विभिन्न कार्यालयबाट खटिएको टोलीले सीमा क्षेत्रबाट सरसामान नियन्त्रणमा लिएको हो। ​सशस्त्र प्रहरीका अनुसार मोरङको इस्लामपुरबाट करिब एक लाख ८० हजार नौ सय रुपैयाँ बराबरको ६ बोरा लत्ताकपडा बरामद गरिएको छ। 

त्यस्तै, दरैयाबाट तीन लाख २५ हजार रुपैयाँ मूल्य बराबरको १३ बोरा छोकडा र रानी मटेरुवा इलाकाबाट एक लाख ५० हजार ६३० रुपैयाँ बराबरको कपडा, किराना सामान तथा कस्मेटिक आइटम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। कुल ६ लाख ८० हजार ५३० रुपैयाँ बराबरको सामान रहेको सशस्त्रको भनाइ छ। 

यस्तै, ​सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर रानीको टोलीले एक नम्बर ढाँटबाट स्रोत नखुलेको भन्दै नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ​पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गालको नमुनिया कापासाय ग्राम पञ्चायतका ३४ वर्षीय मनीरुजमान रहेका छन्। 

उनको साथबाट ५०० दरका ३९९ वटा गरी एक लाख ९९ हजार पाँच सय रुपैयाँ नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ। नियन्त्रणमा लिइएका मनीरुजमानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad