मुगुका गणेश नेपालीको न्यायका लागि युवाले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
शनिबार जनपक्षीय ट्रेड युनियन महासंघ र जनपक्षीय युवा लिगको अगुवाइमा सरकारविरुद्ध प्रर्दशन गरिएको हो। गणेशलाई आत्मदाह गर्ने अवस्थामा राज्यले पुर्याएको भन्दै युवाले प्रदर्शन गरेका छन्।
उनीहरूले ‘श्री ३’ को सरकार भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारको विरोध गरेका छन्। उनीहरूले ‘युवालाई आत्मदाह गर्ने बाध्यता होईन, रोजगार देउ’, ‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
उनीहरूले यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। यससँगै गणेशको परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
Shares

प्रतिक्रिया