समाज


कोरोना संक्रमणबाट झापामा ३ सहित थप ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट झापामा ३ सहित थप ७ जनाको मृत्यु

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ६:५३,

नेपालमा कोरोना संक्रमणबाट झापामा ३ जनासहित थप ७ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट झापामा ३, बाँकेमा २, कास्कीमा १ र सुर्खेतमा १ जनाको मृत्यु भएको हो।

झापामा संक्रमणका कारण मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन्।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

कमल गाउँपालिका–५ मंगलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आइतबार  बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन्। मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो। केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ। कात्तिक १३ गते संक्रमण पुष्टि भएको उनी पनि होम आइसोलेसनमा बसेका थिए।

त्यस्तै बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

त्यस्तै कोरोना संक्रमणबाट कास्कीमा थप एक जनको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका–३ का ४७ वर्षीय पुरुषको गयराति पचिमाञ्चल क्षेत्री अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारकै क्रममा निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाकारी दिए।

त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा उपचारका सुर्खेतको भेरीगंगा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad