कारोबार


कोरोना जितेर पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगे

कोरोना जितेर पर्यटनमन्त्री भट्टराई तिलिचो ताल पुगे

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ६:३३,

कोरोना जितेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विश्वकै अग्लो तिलिचो ताल पुगेका छन्।

शनिबार पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मनाङका सांसद पाल्तेन गुरुङसहित मन्त्री भट्टराई तिलिचो पुगेका हुन्।

मन्त्री भट्टराई गत असोजमा अन्तिमा कोरोना संक्रमित भएका थिए। तिलिचो ताल पुगेर मन्त्री भट्टराईले अन्तरिक तथा बाह्य पर्यटकलाई कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा अवलोकनका लागि तिलिचो तालमा आएको बताए।

हामीले कथा, उपन्यासमा स्वर्गबारे वर्णन गरिएको पढ्छौँ। विश्वकै अग्लो तिलिचो तालमा पुग्दा स्वर्ग गएको अनुभूति हुने बताउँछन्। मनाङ जिल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ। यो एक नेपालकै महत्वपूर्ण पर्यटन गन्तव्य हो।

तिलिचो ताल पुग्नको लागि मनाङ जिल्लाको राजधानी चामेबाट केही माथिसम्म गाडीमा र त्यसपछि १ दिनको पैदलयात्रा गर्नुपर्छ।

‘विश्वकै अग्लो स्थानमा रहेको मनाङ जिल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा हो’, मन्त्री भट्टराई भन्छन्, ‘स्थलगत अवलोकनका क्रममा थप प्रवर्द्धन गर्नुपर्ने साथै पूर्वाधार विस्तार गर्नुपर्ने महशुस भयो। यसमा तत्काल केही कदम चालिनेछ।’

त्यस्तै मन्त्री भट्टराईले तिलिचो ताल भ्रमणको अवसरमा ५ लाख किलो स्याउ बिक्री गर्ने र केही वर्षपछि करिब २० लाख किलो उत्पादन र बिक्री गर्न सक्ने क्षमताको हिमालय स्याउ फर्म तथा उद्योगको अवलोकन समेत गरेका छन्।

yogesh tilicho

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad