समाज


सुर्खेतमा ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ६:१९,

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो।

दसैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो। ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ।

ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

प्रदेशभर संक्रमितको संख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना कोरोनामुक्त भइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad