कला


बलिउड अभिनेता आमिर खानविरुद्ध प्रहरीमा उजुरी, यस्तो छ कारण

बलिउड अभिनेता आमिर खानविरुद्ध प्रहरीमा उजुरी, यस्तो छ कारण

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ६:१४,

बलिउडका सुपरस्टार अभिनेता आमिर खानविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ।

उत्तर प्रदेशको गाजियावादमा फिल्म ‘लालसिंह चड्डा’को सुटिङ गरिरहेका खानविरुद्ध भारतीय जनता पार्टीका विधायक नन्दकिशोर गुर्जरले प्रहरीमा उजुरी दिएका हुन्।

विधायकले खानले कोरोना प्रोटोकल पालना नगरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

अभिनेता खान गाजियावादमा भएको खबरपछि उनका स्थानीय सुभचिन्तक उनीसँग भेट गर्न सुटिङ चलिरहेको स्थानमा पुगेका थिए। आमिरले आफूलाई भेट्न आएका सुभचिन्तकसँग भेटघाट गरे। उनीहरुसँग फोटो खिचाए।

त्यसक्रममा उनले मास्क भने लगाएका थिएनन्। बीजेपी विधायकले आमिरले सुभचिन्तकसँग भेट गर्दा मास्क नलगाएर कोरोना प्रोटोकल पालना नगरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन।

प्रहरीले अहिलेसम्म आमिरमाथि कुनै कारबाही भने गरेको छैन।

अभिनेता खान केही दिनअघि सुटिङका क्रममा घाइते बनेका थिए। तर उनी दुखाइ कम गर्ने औषधि खाएर सुट्रिको कामलाई निरन्तरा दिएका छन्।

यो फिल्ममा आमिरका साथमा अभिनेत्री करिना कपुरले पनि काम गरेकी छन्। यो फिल्म आगामी वर्ष क्रिसमसको अवसरमा रिलिज गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad