समाज


विश्वभर नै झन् तीव्र बन्दै कोरोना संक्रमण: एकै दिन ७४ सयको मृत्यु (पछिल्लो अपडेटसहित)

विश्वभर नै झन् तीव्र बन्दै कोरोना संक्रमण: एकै दिन ७४ सयको मृत्यु (पछिल्लो अपडेटसहित)

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार २:१५,

पछिल्लो समय विश्वभर नै कोरोना भाइरसको संक्रमण झन् झन् तीव्र बन्न थालेको छ। एक महिनाअघिसम्म न्युन रहेको संक्रमण दर पुनः उकालो लाग्न थालेको हो।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ७३ हजार पाँच सय नौ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा संक्रमणबाट सात हजार चार सय ८७ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो समय संक्रमण दर अमेरिकामा सबैभन्दा उच्च छ। त्यहाँ हिजो एकै दिन त्यहाँ एक लाख एक हजार तीन सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामै नौ सय ८५ जनाले ज्यान गुमाएका वल्र्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा भारतमा ४८ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ भने पाँच सय ५० जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा २३ हजारमा संक्रमण पुष्टि हुँदा पाँच सय २९ जनाले ज्यान गुमाएका छन्।

फ्रान्समा ४९ हजारमा संक्रमण देखिँदा पाँच सय ४५ जनाले ज्यान गुमाएका छन् भने रुसमा १८ हजारमा संक्रमण देखिँदा तीन सय ५५ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी स्पेनमा २५ हजार पाँच सय ९५ जनामा संक्रमण पुष्टि हुँदा दुई सय ३९ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट अजेन्टिनामा तीन सय ५० जनाको मृत्यु भएको छ भने १३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

बेलायतमा २४ हजार चार सयमा संक्रमण देखिएको छ भने दुई सय ७४ जनाले ज्यान गुमाएका छन्। यस बीचमा मेक्सिकोमा चार सय ६४, कोलम्बियामा दुई सय नौ, इरानमा तीन सय ६५, इटालीमा एक सय ९९, युक्रेनमा एक सय ७३, बेल्जियममा एक सय ३८, पोल्याडमा दुई सय पाँच, रोमानियामा एक सय तीन, चेकियामा दुई सय १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख ९३ हजार नाघेको छ भने चार करोड ५८ लाख ९२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad