खेल


क्रिस्टियानो रोनाल्डो कोरोनाभाइरसको संक्रमण मुक्त

क्रिस्टियानो रोनाल्डो कोरोनाभाइरसको संक्रमण मुक्त

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार २:५,

पोर्चुगल तथा यूभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमण मुक्त भएका छन।

३५ वर्षीय रोनाल्डोलाई गत अक्टोबर १३ तारिखमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि होम आइसोलेसनमा रहेका रोनाल्डोको दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

यसअघि गत मंगलबार गरिएको परीक्षणमा रोनाल्डोलाई पुनः पोजिटिभ देखाएको थियो।

कोरोना संक्रमणका कारण रोनाल्डोले इटालिएन सिरी ए तथा च्याम्पियन्स लिगका दुई दुई खेल गुमाएका थिए।

संक्रमण हुनुअघि रोनाल्डोले नेसन्स लिगमा ११ अक्टोबरमा फ्रान्सविरुद्ध खेलेका थिए।

संक्रमण हुनुअघि यस सिजनमा यूभेन्ट्सका सुरुवाति दुई खेलमा रोनाल्डोले तीन गोल गरिसकेका थिए।

तर संक्रमणकै कारण गत बुधबार भएको यूभेन्ट्सको बार्सिलोनासँगको खेल पनि रोनाल्डोले गुमाए।

उक्त खेलमा दुईवर्षपछि बार्सिलोनाका लियोनल मेस्सीसँग उनको प्रतिप्रस्र्धा हुने धेरैले अपेक्षा गरेका थिए। बार्सिलोना र यूभेन्ट्सबीचको अर्को खेल अब नेउ क्याम्पमा ८ डिसेम्बरमा छ।

संक्रमणमुक्त भएपछि रोनाल्डो अब आइतबार हुने स्पेजियाविरुद्धको इटालियन सिरी एको खेलमा मैदान उत्रनेछन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad