समाज


बिहे भोजमा ‘फुड प्वाइजन’, एकै गाउँका ३४ जना बिरामी

बिहे भोजमा ‘फुड प्वाइजन’, एकै गाउँका ३४ जना बिरामी

गोकुल जोशी
कात्तिक १५, २०७७ शनिबार २:३३,

कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्।

बेदकोट नगरपालिका–२ बसन्थलामा बिहेको भोज खाएर ३४ जना बिरामी परेका हुन् । बिहिवार बसन्थलाका रमेश थापाको बिहेमा भोज खाएर बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।

‘बिहेमा भोज खाएकाहरु शुक्रबार साँझदेखि एकसाथ बिरामी पर्न थाले । त्यस पछि राती नै अस्पताल पु¥याएका छौँ,’ नगर प्रमुख चन्दले भने। शुक्रवार राती बिरामी २९ जनालाई अस्पताल पु¥याइएको थियो। शनिवार बिहान थप ५ जनालाई अस्पताल पु¥याइएको छ।

‘भोज खाएका सबै बिरामी परेका छन् । ३४ जना अस्पतालमा छन् । अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधि किनेर खाएका छन्,’ नगर प्रमुख चन्दले भने।

बिहे भोज खाएकाहरुमा ज्वरो आउने, पखला र वान्ता हुने समस्या देखिएको छ। बिरामी पर्नेमा महिला र बालबालिका बढि छन् । उनीहरु सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

बिरामीमध्ये एक जना भने आइसियूमा उपचाररत छन् । ‘राती अस्पताल पु¥याउदा अवस्था जटिल थियो । त्यसैले आइसियूमा राखिएको होे । अहिले उहाँको अवस्थामा सुधार आएको छ,’ नगर प्रमुख चन्दले भने, ‘उहाँले भोजको अचार मात्रै खाएको पाइयो।’

भोज खाने सबैलाई फूड प्वोइजन भएको चिकित्सकले बताएका छन्। अहिले सबै बिरामी खतरामुक्त छन्। भोज खाएर बिरामी परेकाहरुको कारण आज महाकाली अस्पताल भरिभराउ भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad