सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका विवेक मण्डललाई उपचारका लागि काठमाडौँ लगिएको छ।
शुक्रबार अपराह्न पौने ४ बजे सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटीयाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। घटना लगत्तै उद्धार गरेर मलंगवास्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौँ लगिएको हो। नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको सशस्त्र प्रहरी डीएसपी एकराज बुर्लाकोटीले बताए।
स्थानीय बासिन्दाका अनुसार, एमएस्सी गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले केही समयदेखि समस्यामा रहेको जनाइएको छ।
एमएस्सी गरेपछि उनले केही सयम मलंगवास्थित एक कलेजमा पढाएका थिए। एक वर्षअघि कलेजबाट जागिर छुटेको थियो।
त्यसयता बेरोजगार रहेका उनले कुनै कामकाज पाएका थिएनन्। आर्थिक भावले मानसिक तनावमा रहेको वडाध्यक्ष वैद्यनाथ मण्डलले बताए।
Shares

प्रतिक्रिया