भारतले ती युद्धक विमानहरुलाई आफ्नो हवाई सेनामा समावेश गराईसकेको छ। यसबीचमा भारतले फेरि १६ वटा राफेल युद्धक विमान भित्र्याउने भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतले आगामी वर्षको अप्रिलमा १६ वटा राफेल विमान भित्र्याइसक्नेछ।
तर त्यसअघि नै भारतले कयौं राफेल विमान भित्र्याउने निश्चित भइसकेको छ।
यसैवर्षको नोभेम्बर ३ मा भारतले ३ राफेल विमान भित्र्याउँदा, आगामी जनवरी, मार्च र अप्रिलसम्म गरेर २८ वटा राफेल भित्र्याइसक्नेछ।

यसरी ल्याइने विमानमध्ये २१ वटा विमान एक पाइलट बस्न मिल्ने खालको हुनेछ भने ७ विमानमा दुई पाइलट बस्न मिल्नेछ।
राफेल युद्धक विमानको आगमनसँगै भारतका रक्षामन्त्री राजनाथ सिंहले आफ्ना हवाई सेना शक्तिशाली बनेको बताएका थिए।
थप युद्धक विमानहरुका कारण भारतीय हवाई सेना थप मजबुत बन्ने बताइएको छ।

प्रतिक्रिया