कैलालीको लम्कीमा निर्माणाधिन कैलाशधाम तिर्थस्थललाई ईन्भेष्टर क्लबले रु ५० हजार आर्थिक सहयोग गरेको छ।
आज एक कार्यक्रमकाबीच कैलाशधाम तिर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मी राम रिमाललाई सो सहयोग हस्तान्तरण गरिएको हो।
धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको निर्माणाधिन तिर्थस्थलमा भक्क्तजनको उपस्थिती एवं सहभागिता आगामी दिनहरुमा उल्लेखनीय रहने विश्वास समितिले लिइएको छ।
साथै, मन्दिर निर्माण कमिटीले पनि भक्क्तजन, दाता, सहयोगी मन र विभिन्न संघसंस्थाहरुबाट पनि यस किसिमको धार्मिक कार्यको लागि आर्थिक सहयोगको आउने दिनहरुमा पाइने आशा समेत राखेको जनाएको छ।
ईन्भेष्टर क्लब एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो। जुन ग्रुप शेयर बजारमा अदभुत ज्ञान भएका व्यक्तित्वहरुको सहभागिता रहेको ग्रुप हो।
यस ग्रुपले यस किसिमका सामाजिक उत्तरदायित्वको कार्यसँगै शेयरबजारका बारेमा जानकारी दिने, सुरक्षित लगानी कसरी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने र एक सफल लगानीकर्ता कसरी बन्ने भन्ने बारेमा तालिम गराउने उद्देश्य समेत लिएको छ।
Shares

प्रतिक्रिया