इण्डियन प्रिमियर लिग (आइपीएल) को १३ औं संस्करण सकिएपछि भारतीय क्रिकेट टिम अष्ट्रेलियाका लागि निस्कनेछ। अष्ट्रेलियासँगको खेलका लागि दुवै टोलीले टिमको घोषणा गरिसकेका छन्।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले घोषणा गरेको टोलीमा महेन्द्रसिहं धोनीको नाम भने समावेश गरिएको छैन। टोलीको घोषणासँगै धोनीलाई फेयरवेल म्याच खेल्न नदिने स्पष्ट भएको छ। तर बीसीसीआइले धोनीको लागि फेयरवेल म्याच नराखेपनि ट्वीटरमा कभर फोटो राखेर धोनीप्रति सम्मान प्रकट गरेको छ।
बीसीसीआईले धोनीलाई बिदाइ गर्नको लागि नयाँ तरिका खोज्दै टोलीको घोषणा गरेसँगै ट्वीटरको कभर फोटो परिवर्तन गरेको हो। जसमा लेखिएको छ, ‘हैसट्याग थ्यांक यु एम एस धोनी’
विश्वकप २०१९ पछि धोनी टिम इण्डियाको साथमा छैनन्। यो बीचमा धेरैले धोनीको पुनरागमनको आशा गरेपनि उनले सन्यास घोषणा गरे।
धोनीले जारी आईपीएलमा चेन्नइ सुपर किंग्सको नेतृत्व गरिरहेका छन्। जारी सिजनमा खराब प्रदर्शन गरेको चेन्नइले १२ खेलमा ४ मा जित र ८ मा हार भोगेको छ।
आईपीएल इतिहासमा चेन्नइ पहिलो पटक प्लेअफ बाहिर रहेको हो। तर फ्रेन्चाइज टोलीले आगामी सिजन पनि धोनी नै चेन्नइको कप्तान रहने बताइसकेको छ।
Shares

प्रतिक्रिया