समाज


लमजुङबाट २०४ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

लमजुङबाट २०४ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ९:३५,

नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्।

नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको तथ्यांक छ।

जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७६/२०७७ अंगीकृत नागरिकता दिइएको हो।

वैवाहिक अंगीकृत नागरिकता लिनेमा आव २०७६/२०७७ मा पाँच, २०७५/२०७६ मा ६, २०७४/२०७५ मा तीन, २०७३/२०७४ दुई र २०७२/२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ।

संविधानमा वैवाहिक अंगीकृत र अंगीकृत गरी दुई प्रकारका अंगीकृत नागरिकता छ। एक प्रकारको जिल्ला प्रशासन कार्यालय र अर्को गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad