समाज


सिन्धुलीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवाको मृत्यु

सिन्धुलीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवाको मृत्यु

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ५:१७,

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–८ कर्करेमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ।

बा १९ च ४३६३ नम्बरको जीपले प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय संगम कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सिन्धुलीकै कमलामाई–५ का २४ वर्षीय सौगात रायमाझी गम्भीर घाइते भएका छन्।

उनलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ। दुर्घटनापछि जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad