खेल


फुटसलको उपाधि युथ स्टार हिमालीबास क्लवको पोल्टामा

फुटसलको उपाधि युथ स्टार हिमालीबास क्लवको पोल्टामा

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ४:४२,

रौतहटमा पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गरिएको छ।

श्री हिमालीबास फुटसल युवा क्लवले आयोजना गरेको गाउँ स्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ।

रौतहटको फतुवा विजयपुर - ११ स्थित खेल मैदानमा भएको फाइनल प्रतियोगितामा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३-२ गोल अन्तरले पराजित गरेको हो।

युथ स्टार हिमालीबास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादु र सरोज भुजेलले १-१ गोल गरे।

प्रतियोगितामा युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच घोषित भए। उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै यो उपाधि पनि प्राप्त गरेका हुन्। उनले नगद एक हजार पाँच सय नगद पनि हात पारे।

उपाधिसँगै युथ स्टारले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात परेको छ भने हिमालीबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पर्यो।

विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा.अर्जुन श्रेष्ठले प्रमाणपत्र र नगद प्रदान गरे।

दसैंको फूलपातीदेखि सुरु भएको प्रतियोगितामा चार टिम सहभागी थिए। प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले निर्वाह गरेका थिए भने साइड अम्पायर अनिल श्रेष्ठ थिए। कार्यक्रमको सञ्चालन एनके शरदले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad