कोरोना भाइरसबाट संक्रमित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपालि दसैंको टीकाका दिन साेमबार टाढैबाट बुबाको आशीर्वाद लिएको बताएका छन्।
आज विजयादशमीका दिन गत वर्षको दसैंमा आफ्ना बुबाबाट टीका ग्रहण गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले यसपालिकाे टीकामा गत वर्षको तस्बिर हेरेर चित्त बुझाइएको बताएका हुन्।
‘कोरोना महामारीका कारण यस वर्ष विजयादशमीका दिन टाढैबाट बुबाको आशीर्वाद ग्रहण गरियो र गत वर्षको फोटो हेरेर चित्त बुझाइयो,’ डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सबैमा विजयादशमीको शुभकामना! कोरोनाबाट आफू बचौं। अरूलाई बचाऔं।’
डा. भट्टराई र उनकी पत्नी हिसिला यमी दुवै जना हाल कोरोनाबाट संक्रमित छन्।
केही दिनअघि मात्र डा. भट्टराईले सामाजिक सञ्जालमार्फत नै आफूहरूलाई कोरोना संक्रमण रहेको पुष्टि भएको जानकारी दिएका थिए।
यसैकारण यसपालि उनीहरूले दसैंको टीका लगाउन नपाएका हुन्।
कोरोना महामारीका कारण यस बर्ष विजया दशमीका दिन टाढैबाट बुबाको आशिर्वाद ग्रहण गरियो र गत बर्षको फोटो हेरेर चित्त बुझाइयो! सबैमा विजया दशमीको शुभकामना! कोरोनाबाट आफु बचौं;अरूलाई बचाऔं!
Posted by Dr. Baburam Bhattarai on Sunday, October 25, 2020

प्रतिक्रिया