ad ad

समाज


कोरोनाबाट रुपन्देहीमा दिनहुँ हुन थाल्यो मृत्यु, आज पनि थप दुईले ज्यान गुमाए

कोरोनाबाट रुपन्देहीमा दिनहुँ हुन थाल्यो मृत्यु, आज पनि थप दुईले ज्यान गुमाए

प्रकाश न्यौपाने
कात्तिक ५, २०७७ बुधबार ३:११,

रुपन्देहीमा आज पनि थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। विगत केही दिनयता रुपन्देहीमा दिनहुँजसो संक्रमितको मृत्यु भइरहेको छ।

बुटबल कोभिड अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत थप दुईजना कोरोना भाइरस संक्रमितको आज मृत्यु भएको छ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ देवीनगरका ४७ र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय पुरुष छन्। उनीहरु दुबैको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको गए राति १ः१० बजे मृत्यु भएको अस्पतालका प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए। उनमा उच्च रक्तचापको समस्या थियो।

यस्तै, असोज २७ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

बुटवलमा मंगलबार पनि ४१ वर्षीया महिलाको उपचारको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .