ad ad

समाज


कोरोनाको उपचारमा डब्लुएचओले मान्यता नदिएको ‘रेम्डेसिभिर’ औषधि फेरि ल्याइयो

कोरोनाको उपचारमा डब्लुएचओले मान्यता नदिएको ‘रेम्डेसिभिर’ औषधि फेरि ल्याइयो

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १:३२,

कोरोना संक्रमितको उपचारमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता नदिएको ‘रेम्डेसिभिर’ नामक औषधि फेरि नेपाल ल्याइएको छ।

डब्लुएचओले ‘रेम्डेसिभिर’ औषधि कोरोनाको उपचारमा प्रभावकारि नदेखिएको बताइरहँदा सरकारको अनुमतिमा मंगलबार त्यही औषधि थप चार सय ५० भाइल नेपाल ल्याएको हो।

गत साता मात्रै डब्लुएचओले रेम्डेसिभिर नामको औषधि कोरोनाको उपचारमा प्रभावकारी नदेखिएको जनाएको थियो। सरकारले भने डब्लुएचओको मान्यता विपरित यो औषधि आयात, बिक्री र प्रयोग गर्न अनुमति दिँदै आएको छ।

सरकारले थप छ हजार भाइल रेम्डेसिभिर ल्याउन तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेको थियो। त्यसमध्ये साढे चार सय भाइल औषधि काठमाडौं आइपुगेको हो। यस अघि पनि नेपालमा कोरोनाको उपचारमा यो औषधिको प्रयोग हुँदै आएको थियो।

यस पटक औषधि व्यवस्था विभागले यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि लतिलपुर, माइलन प्रालि काठमाडौ तथा भारतीय कम्पनी हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर ल्याउन अनुमति दिएको हो।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार माइलन प्रालिले चार सय ५० भाइल रेम्डेसिभिर नेपाल आइपुगेको जानकारी दिए।

यस अघि विभिन्न कम्पनीले छ हजार भाइल रेम्डेसिभिर आयात गरेका थिए। पछिल्लो पटक जिम्मेबारी पाएका तीन कम्पनीले यही साताभित्रमा थप छ हजार भाइल रेम्डेसिभिर ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि  सरकारको उल्टो गति: कोरोनाको उपचारमा डब्लुएचओले मान्यता नदिएको औषधि आयात र प्रयोग गर्न दिइयो अनुमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .