ad ad

खेल


पन्जाबको जितमा ह्याट्रिक, धवनको लगातार दोस्रो शतक

पन्जाबको जितमा ह्याट्रिक, धवनको लगातार दोस्रो शतक

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १:४०,

दिल्लीका क्यापिटल्सलाई पराजित गर्दै किंग्स एलेभेन पन्जाबले जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा जितको ह्याट्रिक गरेको छ।

दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो।

पन्जाबको जितमा क्रिस गेलले १३ बलमा २ छक्का र ३ चौकासहित २९ रन जोडे। यस्तै निकोलस पुरनले २८ बलमा ३ छक्का र ६ चौकासहित ५३ रनको अर्धशतकीय पारी खेले।

यस खेलअघि पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो।

जितसँगै पन्जाब १० खेलमा ४ जितसहित ८ अंकका साथ पाँचौं स्थानमा पुगेको छ। पराजित दिल्ली भने अझौ पनि १४ अंकका साथ शीर्षमा यथावत छ।

त्यसअघि शिखर धवनले १०६ रनको शतकीय पारी खेलेपछि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।

धवनले ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गरेपनि टोलीलाई जित दिलाउन सकेनन। यो आइपीएलमा धवनको लगातार दोस्रो शतक हो। यसअघि उनले चेन्नाई सुपर किंग्सविरुद्ध १०१ रनको पारी खेलेका थिए।

उनीबाहके अन्य खेलाडीको प्रदर्शन भने फिक्का रह्यो। श्रेयस ऐयर र ऋषब पन्त समान १४ रनमा पवेलियन फर्किएपछि दिल्लीले जितस्कोर बनाउँन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .