पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का ४४ वर्षीय पुरुषको मंगलबार बिहान पौने १२ बजे संक्रमणका कारण मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।
गण्डकीका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार सोमबार कोरोना पुष्टि भएका उनको गण्डकी मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणबाट हालसम्म गण्डकीमा ५५ जनाको मृत्यु भइसकेको छ।
यता, गण्डकीमा संक्रमितको संख्या ६ हजार १८ पुगेको छ। पोखरामा हालै संचालनमा आएको लाइफ केयर डाइग्नोस्टिक सेन्टरमा गरिएको परीक्षणबाट थप ४२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ३६ जना पोखरा महानगरपालिकाका विभिन्न वडाका रहेका छन्।
3
Shares
प्रतिक्रिया