ad ad

राजनीति


कांग्रेस नेताहरु भन्छन्ः आफ्नो उपचार आफैँ गर भन्नु गैह्रजिम्मेवारपूर्ण

कांग्रेस नेताहरु भन्छन्ः आफ्नो उपचार आफैँ गर भन्नु गैह्रजिम्मेवारपूर्ण

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ९:४५,

कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन्।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरेका छन्। उनले संविधानले ग्यारेन्टी गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए।

कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफैँ गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए।

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको बताए। यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उनले माग गरे।

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए। जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनले बताए।

त्यसैले कांग्रेसले दशैँपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताए। सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुशी खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्नतर्फ साधनस्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .