भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षकलाई सरकारबाट उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त थप एक लाख प्रोत्साहन रकम दिने भएको छ।
नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमेर पुगेका स्थायी दरबन्दीका शिक्षकका लागि थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।
नगरपालिकाले सोमबार (आज) गोरखापत्रमा निकालेको सूचनाअनुसार यही कात्तिक ३० गतेभित्र स्वैच्छिक अवकाश लिने शिक्षकले अतरिक्त एक लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया