समाज


भारतमा कोरोना संक्रमण दर घट्यो, चार राज्यमा विद्यालय खुले, मुम्बईमा रेल सेवा पनि सञ्चालन

भारतमा कोरोना संक्रमण दर घट्यो, चार राज्यमा विद्यालय खुले, मुम्बईमा रेल सेवा पनि सञ्चालन

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १:३४,

भारतका चारवटा राज्यमा आज (सोमबार) देखि विद्यालय खुल्ने भएका छन्।

कोरोना भाइरसको संक्रमणदर केही कम भएसँगै पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खोल्न लागिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय जान आह्वान गरिएको छ। स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षाका ५० प्रतिशत विद्यार्थीलाई मात्रै अध्यापन गराइने छ। बाँकीलाई अर्को दिन अध्ययन गराइनेछ।

पठनपाठनको समय दैनिक ३ घण्टा मात्र निर्धारण गरिएको छ। एउटा सिटमा एक जना विद्यार्थीलाई बसाइने छ। त्यस्तै हिमाञ्चल प्रदेशमा पनि कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय खुला गरिएको छ।

सिक्किम सरकारले जाडोको बिदा र शनिबारको बिदा समेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर निर्धारण गरेको छ।

मुम्बईमा रेल सञ्चालन
मुम्बईमा आजदेखि रेल सेवा समेत सञ्चालनमा आएका छन्। विगत आठ महिनादेखि बन्द रहेको रेल सेना आजबाट सञ्चालनमा आएको हो।

बिहान साढे ८ बजेदेखि बेलुका साढे ८ बजेसम्म रेल चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विगत केही दिनयता भारतमा दैनिक कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा घट्न थालेको छ। दुई सता अघिसम्म दैनिक करिब एक लाख संक्रमित हुँदै आएका भारतमा अहिले त्यो संख्या झण्डै ५० प्रतिशतले घट्न थालेको छ।

पछिल्लो २४ घण्टामा भारतमा झण्डै ५४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ भने करिब पाँच सयले ज्यान गुमाएका छन्।

त्यहाँ अहिलेसम्म एक लाख १४ हजार ६ सय ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७५ लाख ४८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad