ad ad

समाज


चीनसँगको विवादबीच भारतले आइतबार सुपरसोनिक ब्राह्मोस क्षेप्यास्त्रको परीक्षण गर्‍यो

चीनसँगको विवादबीच भारतले आइतबार सुपरसोनिक ब्राह्मोस क्षेप्यास्त्रको परीक्षण गर्‍यो

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ८:१४,

भारतको डिफेन्स रिसर्च एन्ड डेभलोपमेन्ट अर्गनाइजेसन डीआरडीओले एक विज्ञप्ती जारी गर्दै भारतले स्वदेशमै निर्मित सुपरसोनिक ब्राह्मोस क्रुज क्षेप्यास्त्र सफल रुपमा परीक्षण गरेको जानकारी दिएको छ।

क्रुज क्षेप्यास्त्र जमीनमा आक्रमण गर्नका लागि प्रयोग गरिन्छ। भारतको यो क्षेप्यास्त्र ध्वनीको गतिभन्दा छिटो भएको बताइएको छ।

डीआरडीओका अनुसार आइतबार चेन्नईबाट अरेबियन समुद्रमा क्षेप्यास्त्र प्रहार गरिएको थियो। उक्त क्षेप्यास्त्र लक्षित विन्दुमा पुगेको थियो।

India successfully test-fires Brahmos missile form navy ship

यस क्षेप्यास्त्र भारत र रुसले संयुक्त रुपमा बनाएको हो। क्षेप्यास्त्र सफल रुपमा परीक्षण भएपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले डीआरडीओ र भारतीय नौसेनालाई बधाई दिएका छन्।

यस क्षेप्यास्त्रले भारतीय सेनालाई थप मजबुत बनाएको उनको भनाइ छ।

चीनसँग लद्दाखको सिमानामा सीमा विवाद जारी रहँदा भारतले यस सुपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको हो। टाइम्स अफ इन्डिया

यो पनि: भारतसँगको विवादबीच चीनले बनायो सुसाइड ड्रोन, ड्रोनको झुण्डले यसरी गर्छ आक्रमण...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .