ad ad

राजनीति


सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुन्छु : सञ्चारमन्त्री गुरुङ

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुन्छु : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ८:२४,

 सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन्।

नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारेका छन्।

नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आइतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा उनले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे। ‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु।’

त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराएका थिए। जवाफमा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थिए। उनले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताए।

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग गम्भीर छलफल गरेर अघि बढने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गरेको भेटमा सहभागी महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिए।
मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .