समाज


खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ५:४२,

लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन्।

र्इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आइतबार बिहान सार्वजनिक गरेको छ। उनीहरु काका र ठूलो बुवाका छोराहरु हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन्। मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको स्वीकारेका छन्। भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ।

उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad