कला


दसैँ कोशेली ‘यानी माया’ लिएर आइन् आस्था राउत (भिडियो)

दसैँ कोशेली ‘यानी माया’ लिएर आइन् आस्था राउत (भिडियो)

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ५:३४,

गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ।

आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन्।

हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ। भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेराैँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad