नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदको नतिजा प्रकाशन भएको छ।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ भदौ ६ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको हो।
साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुलाई २०७७ कात्तिक १३ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरुमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, भर्ना छनौट महाशाखाले सूचित गरेको छ।
उक्त सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ।

प्रतिक्रिया