समाज


बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

नेपालखबर
असोज २८, २०७७ बुधबार ७:४६,

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मंगलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनी मधुमेहको बिमारी भएको बताइएको छ।

यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो।

कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad